पोखरा, चैत्र ।
आगामी वैशाख ५ गते देखि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आज बसेको वोर्ड बैठकले आउँदो वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा उक्त प्रतियोगिता संचालन निर्णय गरेको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए ।


युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले सम्पूर्ण खेलाडी एवं खेल संघहरुलाई आफ्नो तयारीमा जुट्न आग्रह समेत गरेकाछन्।
३५ खेलको लागि ४ हजार भन्दा बढी खेलाडीहरुले विभिन्न ईभेण्टमा प्रतिष्प्रर्धा गर्ने भएको राखेप सदस्य गुरुङले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार