आज साउन महिनाको दोस्रो सोमबार हिन्दुधर्मालम्बीहरूले भगवान शिवको पुजाअर्चना गरि मनाएका छन् ।
कोरोना महामारीका कारण ठुला शक्तीपिठहरु बन्द गरिएका भएपनि ताढैबाट पुजा गर्ने व्यवस्था मिलाईएको सरकारले जनाएको छ । तर, बिहानै पवित्र गंगाहरुमा भने भक्तजनहरुको भिड लागेको थियो ।
हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ ।

कांग्रेस निकटका वडा अध्यक्षको आरोप, पोखरा महानगरपालिका चरम आर्थिक अनियमितताको दलदलमा


नेपालमा यस महिनामा विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर यस महिना आएको महसुस गराउदछन्, भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् ।
पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने प्रचलन रहेको छ । सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने र ब्रत समाप्त गर्ने गर्दछन् । शिव जस्तै बर पाम भनी ब्रत बस्ने गरेको समेत पाइन्छ ।
विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो बरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

निरन्तरको वर्षाका कारण देशभरको जनजिवन प्रभावित, पहिरोले कयौ सडक खण्डहरु समेत अवरुद्ध


कतिपय साउन महिना भर चोखो खाएर माछामासु नखाईकन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । उनिहरु साउन महिनामा बोलबम पनि जाने गर्दछन् ।
साउने सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ । यता पोखराका विभिन्न शवि मन्दिरहरुमा सुरक्षाका विभिन्न उपयाहरु अवलम्बन गरि पुजापाठको व्यवस्था मिलाईएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार