मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर २ को सम्पुर्ण कामकाज बन्द गरिएको छ ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.रिना यादव र विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालयको कामकाज बन्द गरिएको हो ।

आन्तरिक मामिला मन्त्रालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएलगत्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको जनाइएको छ ।
मन्त्रिपरिषद कार्यालयले एक सूचना प्रकाशित गरी ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएकोले हालका लागि कार्यालय सिल गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार