आजबाट सोह्र श्राद्ध आरम्भ भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गरिने प्रचलन छ । सात पुस्तालाई तर्पण दिई पूजा गरिन्छ ।
मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ । पूर्णिमाबाट शुरु भई औंशीसम्म सोह्र श्राद्ध सम्पन्न हुन्छ । यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहँदै आएको हो ।
यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले साकाहारी मात्र भोजन गर्दछन् । घरमा माशांहारी परिकार पनि राख्न नहुने विश्वास रहेको छ । सोह्र श्राद्धको १६ दिनपछि दशैं आरम्भ हुन्छ । हिन्दुको महत्वपूर्ण चाडवाड अगाडि पितृको पूजा गरिने भएकाले पनि यसको विशेष महत्व छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार