पोखरा, जेठ ।
पोखरामा नाटक तिर्खा मञ्चन जारी रहेको छ । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । यो नाटक जेठ ९ गते बिहिबारबाट मञ्चन सुरु भएका थियो । नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए ।

यो नाटकको परिकल्पना समेत चे शंकरले गरेका छन् । नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ । नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदी नाटक लेखेका छन् । नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई मात्र देखाइने थिएटरले जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो १ बजे समेत नाटक मञ्चन हुने थिएटर अध्यक्ष परिवर्तनले जनाए । एक महिनाको रिर्हसल पश्चात खारिएका कलाकारको अभिनयले दर्शकको मन जित्ने उनको विश्वास छ ।


पोखरा–२ मा शनिवार जनचेतनामूलक कार्यक्रम गरिएको छ ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल तथा अर्चलवोट आमा समूहको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्लले हिंसालाई प्रश्रय दिन अधिकार कसैसँग पनि नभएको औँल्याउँदै समाजलाई सुसंस्कृत युक्त बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले अन्धविश्वासका कारण कतिपय अवस्थामा नागरिकहरु अकालमै मृत्युको मुखमा पुग्ने गरेको तर्फ सचेत गराउँदै समाजका कु–प्रथालाई जरैबाट तोड्नुपर्ने विचार राखे । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कोविदशरण उपाध्यायले प्रतिष्ठानले आगामि १५ वर्ष भित्र नेपालबाट बोक्सी कु–प्रथा उन्मुलन गर्ने लक्ष्य राखेको जनाए । लक्ष्य प्राप्तिका लागि प्रतिष्ठानलाई आमा दिदीबहिनीको सहयोग अपरिहार्य रहने उनको भनाई थियो । आमा समूहका सल्लाहकार वसन्त पराजुलीले समूहले रचनात्मक कार्य गरेको बताउँदै त्यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।समूहकी पुर्व अध्यक्ष कल्पना सुवेदीले समाज सुसंस्कृत युक्त बन्न आम नागरिक सचेत बन्नुपर्ने औँल्याइन । समूहकी अध्यक्ष कल्पना पराजुलीले समूहले रचनात्मक क्रियाकलापलाई महत्व दिर्दै आएको स्पष्ट पारिन ।समूहकी सहसचिव एवं कार्यक्रम संयोजक सुशिला बराल रेग्मीले समूहका सबै सदस्यहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गर्न सम्भव भएको औँल्याएकी थिइन् । सो अवसरमा प्रतिष्ठानले निर्माण गरेको बोक्सी कु–प्रथा बिरुद्घको सामाजिक, शिक्षामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिएकोमा करिव डेढ सय जनाले अवलोकन गरेका थिए । आमा समूहकी अध्यक्ष कल्पना पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पुष्पा पराजुलीले स्वागत तथा कार्यक्रम संयोजक तथा समूहकी सहसचिव सुशिला वराल रेग्मीले संचालन गरेकी थिइन् ।


गायक रामभक्त जोजिजू र गायिका इतु जोजिजूको जोडीले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको छ । सो जोडीद्वारा सञ्चालित जे. ई. स्टुडियो तथा म्युजिक सपको शनिबार सङ्गीतकार कृष्णबहादुर श्रेष्ठले औपचारिक उद्घाटन गरे । श्रेष्ठले जे. ई. स्टुडियोले पोखरामा खड्कने गरेको स्तरीय गीत रेकर्डिङको अभावलाई पूर्ति गर्ने विश्वास व्यक्त गरे । जोजिजू जोडी आफैँ पनि गीत÷सङ्गीतका क्षेत्रमा लामो समयदेखि काम गरिरहको हुनाले पोखराको सङ्गीतलाई माथि उठाउन उनीहरुको प्रयास महŒवपूर्ण रहेको श्रेष्ठको भनाइ थियो । गीतकार सुमन श्रापितले काठमाडौँमा रेकर्ड गर्दा स्तरीय हुने र पोखरामा गर्दा स्तरहीन हुने भन्ने भ्रमलाई जे. ई. स्टुडियोले चिर्ने विश्वास व्यक्त गरे । काठमाडौँमै गीत रेकर्ड गर्दै आएका श्रापितले अबको आफ्नो गीत जे. ई.मै रेकर्ड गर्ने उद्घोषसमेत गरे । बानका केन्द्रीय उपाध्यक्ष तथा रेडियो बाराहीका कार्यकारी निर्देशक, पत्रकार रमेश पौडेलले रामभक्तको सङ्गीत साधनासँग आफू लामो समयदेखि परिचित रहेको स्मरण गर्दै स्टुडियो सञ्चालनले नयाँ पुस्तालाई अघि बढाउन पनि उनको योगदान रहने भनाइ राखे ।


आफूले सञ्चालन गरेको स्टुडियोमा गीत रेकर्डिङका अलावा एरेञ्ज र लाइभ बाद्यवादनको समेत व्यवस्था रहेको सञ्चालक रामभक्त जोजिजूले बताए । पोखरामै काठमाडौँको गुणस्तर दिइने भन्दै जोजिजूले म्युजिक सपमा सङ्गीतका लागि आवश्यक पर्ने सामान्यदेखि ठूला सामग्री पनि उपलब्ध गराइने जनाए । सोही अवसरमा पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ४७ औँ शृङ्खला पनि सम्पन्न भएको छ । जे. ई. म्युजिक एकेडेमी, त्रिवेणी सङ्गीतालय र अनुपम म्युजिक पोखराद्वारा मासिक रुपमा सञ्चालित कार्यक्रममा रामभक्त जोजिजू, पशुपति गुप्ता, कौशल्या गुरुङ, सन्तोष पराजुली, सुदिच्छा लामिछाने, योगेश गौतम, वसन्त थापा, देवीमाया गुरुङ, स्मृति गुरुङ, उपेश थापा, अमिन बज्राचार्य, निश्चल सुवेदी, ईशा गौचन, युनिट लामा, ईशु श्रेष्ठलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए । यात्राका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए । यात्राको ५० औँ शृङ्खलालाई विशेष बनाउने तयारीमा आफूहरु जुटेको अध्यक्ष अधिकारीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार