पोखरा, वैशाख ।
मानव इतिहासमा, आदिकाल देखि नै , भाषा भाषीहरूको विकास हुनुभन्दा पहिले सङ्केत वा इसारालाई एक आपसमा विचार वा भावनाहरूको आदान प्रदान गर्ने सञ्चारको माध्यमको रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । ढुङ्गे युगमा पनि यसरी नै सङ्केत वा इसारालाई मुख्य रूपमा प्रयोग गरेको इतिहासमा उल्लेख छ ।
पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको आयोजामा पन्ध्र दिने लामो सुनाइ अपाङ्गतामा आधारित समावेशी शिक्षा, शिक्षक तथा सान्केतिक भाषा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । सांकेतिक भाषामा अध्यन अध्यापन गर्ने गराउने सम्बन्धमा यो तालिमले अवस्यनै पेशागत दक्षता अभिबृद्धि गर्नेछ भने अपाङगता भएका व्यक्तिहरुको हकहित संरक्षण तथा सम्बद्र्धनका साथै राज्यको निती निर्माण गर्ने गराउने तहमा अपाङगता भएका व्यक्तिहरुको समावेशिकरण सहज पहुँच बनाउनका लागि यस्तो खालको तालिम आवश्यक रहेको देखिन्छ ।


पोखरा महानगरपालिको आर्थिक सहयोग रहेको उक्त तालिममा ३४ जना सहभागी रहेका थिए । समाबेशी शिक्षा विशेषज्ञ डाक्टर बाबुराम ढुंगाना यस तालिम का प्रमुख प्रशिक्षक थिए । देखेर सिक्ने बहिरा विद्यार्थी हरुका लागी क्ष्ऋत् सम्बन्धी कक्षाहरु पनि प्रशिक्षक इ। बद्री लामिछाने ले दिएका थिए । यो तालिम सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्मा र शिक्षका किरण श्रेष्ठ ले सन्चालन गरेका थिए यी दुवै बहिरा हुन ।
उक्त तालिमको समापनमा ंसहभागिहरुलाइ प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका साम्सद राजिब पहारिले बहिराको हक र हित को पक्षमा सदैब आवाज उठाइ रहने प्रतिबद्धता व्यक्त गरे । शिक्षक रुद्र पहारी र साबित्री बरालले बहिरा बिद्यालयको इतिहासमा प्रहिलो पटक बहिरा शिक्षण मैत्री तालिम प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बरालले तालिममा सिकेका कुरा कक्षा कोठामा समेत प्रयोग हुनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा छात्रबास व्यवस्थापन समितिका संयोजक ऋषि राम पौडेल , शिक्षक अभिभावक संघका सदस्य सिद्धीमान केसि ,लामाचौर अपांगता स्वाव्लम्बन समाजका अध्यक्ष रमेश कार्की , लगायत को उपस्थिति थियो ।
सामान्य तालिम भन्दा फरक प्रकृतिको यो तालिमले बहिरा अपांगता भएका विद्यार्थी हरुलाइ पठाउने शिक्षकहरुको क्षमता अभिबृद्दि गर्नका लागी निकै प्रभावकारी रहेको विद्यालयकी प्रधानाध्यापक अनिता सिग्देलले बताइन । सिर्जना बहिरा बिद्यालयमा हाल ४६ जिल्लाका २६४ जना बहिरा अपांगता भएका विद्यार्थीहरु अध्ययनरत छन । नयाँ शैक्षिकसत्रका लागी भर्ना अभियान सन्चालन भइ रहेको छ ।


प्रधानाध्यापक अनिता सिग्देलका अनुसार छरछिमेक कतै कान नसुन्ने मुख नवोल्ने बालबालिका भएमा निशुल्क आवास सुबिधा सहितको व्यवस्था रहेको छ । प्रधानाध्यापक अनिता सिग्देल भन्छीन म सबै अभिभावकहरूलाई आफ्ना घरमा भएका बहिरा वा सुस्त श्रवण व्यक्तिहरूलाई अपहेलना नगरी उनीहरूलाई साङ्केतिक भाषा सिक्न र सिकाउने उपाय, व्यवस्था मिलाईदिनुहोस भनी अनुरोध गर्न चाहन्छु ।
सरकारले बहिरा समुदाय र सांकेतिक भाषालाई पहिलोपटक बजेट वक्तव्यमा सम्बोधन गरेको हो बजेटको ४३ औं बुँदामा ‘नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभाषे तालिम र यसको व्यावसायिक विकासलाई प्रोत्साहित गरिने उल्लेख छ । सञ्चारविहीन अवस्थामा बस्नुपर्ने बाध्यता बहिराको पहिलो समस्या रहे पनि साङ्केतिक भाषालाई राष्ट्रिय मान्यतासहित विकास विस्तारमा राज्यले ध्यान दिनुपर्ने बहिराहरु समाजको बहुप्रतिभावान अभिन्न अंग हो बहिराहरु समाजका ऐना हुन्, जसले दक्षता र क्षमतालाई सपाङ्गलेभन्दा बढी प्रस्तुत गर्न सक्छन् ।
साङ्केतिक भाषामा हातका इसारा, ओठ र अनुहारको हाउभाउले अक्षर, शब्द वा परिस्थितिलाई बुझाउने काम गरिन्छ । सबैतिर साङ्केतिक भाषा एउटै हुन्छ तर शब्दकोश भिन्नाभिन्नै हुन्छ । कान नसुन्ने मान्छेलाई सबैले लाटो भनेर बोलाउने गरेको देखेको छु । साङ्केतिक भाषा पढेको व्यक्ति लाटो होइन । उसले सम्वाद गर्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार