पोखरा, चैत्र ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता तोकिए कै मितिमा हुने बताएका छन् । खेलकूद पत्रकार मञ्च गण्डकीद्धारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग आयोजना गर्न सरकारले प्रतिबद्धता जनाएकाले मिति फेरबदल नहुने बताएका हुन् ।


यसअघि सन् १९८४ र १९९९ मा गरि दुईपटक सम्म नेपालले सफलता पुर्वक सम्पन्न गरेको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको आगामी संस्करण फेरी नेपाल मै गर्ने गरि अन्तिम तयारी थालिएको खेल अधिकारीहरुले बताएका छन् । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा तयारी समिति गठन गरि सरकारले साग खेलकूदको लागि तयारी शुरु गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले बताए ।
यसअघि विभिन्न मितिमा नेपालमा उक्त प्रतियोगीता गर्ने छलफलहरु गरिएको भएपनि राजनीतिक अस्थिरताका कारण सार्नु परेको उनले बताएका छन् । तर, पछिल्लो पटक वातावरण अनुकुल भएसंगै सागको १३ औ संस्करण आगामी डिसेम्बर १ देखी १० तारीक सम्म नेपालका विभिन्न स्थानहरुमा हुने श्रेष्ठले जनाएका छन् ।
१३ औँ संस्करणको सागका केहि खेलहरु पोखरामा गर्ने चर्चाहरु चलिरहेका बेला श्रेष्ठले भने महिला फुटबल, आर्चरी महिला पुरुष, भलिबल महिला पुरुष, ह्याण्डबल महिला पुरुष, प्याराग्लाईडिङ र ट्रायथलोन खेलहरु पोखरा मै संचालन गरिने बताएका छन् । तर, थप खेलहरु संचालनका लागी आवाश्यक भौतिक संरचनाहरु नभएकाले समस्या भएको उनले बताए ।
नेपालमा आयोजना गरिएको १३ औँ संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगीताले नेपालको खेल विकासमा विषेस टेवा पुर्याउने खेल अधिकारीहरुले विश्वास लिएका छन् । तर, विगतमा मुलुकको अस्थिर राजनीतिका कारण तोकिएको समयमा प्रतियोगीताहरु संचालन गर्न नसकिएको उनले स्विकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार