काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधान बमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा उहाले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको बताउनुभएको हो ।


यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको उहाले बताउनुभयो । आफुले भ्रष्टचार निर्मुल पार्न कोहिसंग स्म्झौता नगर्ने उहाको भनाइ छ । त्यस्तै उहाले बिकास निर्माणका काममा पनि अहिले तिव्रता पाएको धारणा राख्नुभयो ।
संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न काम भएको उहाले बताउनुभयो । यसबिचमा समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि छोटो समयमा उपलब्धि हासिल गरेको उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार