पोखरा, चैत्र ।
हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा शुक्रवार देखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवे विष्णुपादुका खेलमैदानमा आज पनि जारी छ । महोत्सवमा अहिले सम्म ८ लाख भन्दा धेरैको आलुको कारोवार भएको आलु संकलक कृषक जयराम तिमिल्सीनाले जनाएका छन् ।


उनका अनुसार महोत्सवमा प्रतिकेजी ३२ रुपैयाँका दरले आलुको कारोवार भइरहेको छ । महोत्सवमा दर्शक सहभागिता पनि बढदै गएको छ ।
महोत्सवमा आज लोकदोहोरी तर्फ सम्झना भण्डारी, पार्वती जिसी, शंकरविरही गुरुङ, कृष्ण सुवेदी र दुर्गा क्षेत्री, हास्यतर्फ भद्रगोल टेलीफिल्मका पाँडे र जिग्री उर्फ अर्जुन घिमीरे र कुमार कट्टेलको प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार