नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार बढि रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ७ हजार ६ सय १३ जनाको उपचार भैरहेको छ ।
उनिहरु मध्ये अधिंकासको अवस्था सामान्य रहेको छ । ९१ जनाको मृत्यु भएको छ भने, हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा १४ हजार ८ सय भन्दा बढि मानिसहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार