काठमाण्डौ, ०१ फाल्गुन ।
२४ औँ जनयुद्व दिवसको अवसर पारेर जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ता ब्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौमा कार्यक्रमको आयोजना गरेर सरकारले आफुसंग गरेका सम्झौताहरुलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ । मेडिकल बोर्ड तथा शान्ती समितीकोे सिफारिशमा परेका घाईतेहरुलाई तत्काल उपचारार्थ बिदेश पठाईनुपर्ने, घाईते परिषद तत्कालै खारेज गरि जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा बृदि हुनेगरि तत्काल नयाँ समितीको गठन हुनुपर्ने, घाईतेहरुले पेष गरेको बिल भरपाई तुरुन्त लागु गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै बितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यान दिन सरकारलाई सचेत गराएको छ ।


कार्यक्रममा बोल्दै जनयुद्वका घाईते रमेश कालिकोटेले सरकारले आफुहरुसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोख्नुभयो । सरकारले विशालसभा गरेर जनयुद्व दिवश मनाईरहदा जनयुद्वका प्रत्यक्ष योद्वाहरु अझै शरिरभरि क्रान्तीको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उहाले बताउनुभयो ।
घाईते अपाङग तथा बेप्पत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहन कुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफुहरुको पीडा नसुनेको आरोप लगाउनुभयो । सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको उहाको भनाइ छ ।
त्यस्तै कार्यक्रममा बोल्दै जनयुद्वका शहिद परिवारका सदस्य ज्योती किरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए । त्यस्तै कार्यक्रममा बोल्दै महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहिदको राज्यले अपहेलना गरेको गुनासो पोख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार