स्वचालित प्रविधिमा आधारित डिजिटल निगमको अवधारणासहित नेपाल आयल निगमको ४३ बुँदे नीति तथा कार्यक्रम पारित भएको छ । निगम सञ्चालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रम स्वीकृत गरेको प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।
परम्परागत कागजी प्रणाली त्यागेर स्वचालित प्रविधिमा आधारित सुविधा सम्पन्न डिजिटल निगम बनाउने तथा पेट्रोलियम पदार्थ ढुवानीमा व्यवसायीको एकाधिकार तोड्ने अवधारणासहितको नीति तथा कार्यक्रंम ल्याइएको प्रवक्ता उपाध्ययले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार