मुक्तककार सूर्य गिरीको मुक्तक संग्रह ‘सूर्यका किरणहरु’को आज एक कार्यक्रमका बीच हेमजामा लोकापर्ण गरिएको छ । उक्त संग्रहको नेपाल नाट्य तथा संगित प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठले लोकापर्ण गर्नुभएको हो ।संग्रहको लोकापर्ण गर्नुहुँदै श्रेष्ठले देश तथा समाज राम्रो होस् भनेर साहित्यकारले आफ्नो कृर्तिमा असन्तुष्ठी तथा आक्रोस पोख्ने गरेको भनाई राख्नुभयो । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले सष्ट्राको उज्ज्वल भविष्यको कामना गर्दै नेपाली साहित्यमा मोतिराम भट्टको योगदान माथि चर्चा गर्नुभएको थियो।मुक्तक मञ्चका अध्यक्ष प्रान्जलले कृर्ति रचना गर्नु आफैमा महत्वपूर्ण रहेको भनाई राख्दै सष्ट्राले पाठकले आस्वादन गर्ने खालका रचनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । संग्रहको समिक्षा गर्दै प्राध्यापक गणेश शर्माले केही कमीकमजोरीका बीच संग्रह उत्कृष्ठ रहेको दावी गर्नुभयो ।सष्ट्रा सूर्य गिरीले उक्त कृर्ति आफ्नो पहिलो प्रयास भएको जानकारी दिनुभयो।त्यस अवसरमा साहित्यकार मदन भण्डारी, समाजसेवी भीमप्रसाद श्रेष्ठ लगायतले पनि भनाई राख्नुभएको थियो ।त्यस्तै पुर्ण गिरीले सष्ट्रा परिचय राख्नुभएको थियो । हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत तथा प्रतिष्ठानका सचिव वसन्त बास्तोलाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार