Home / समाचार / सीको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको दावि

सीको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको दावि

सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको जनाएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले राष्ट्रपति सीको भ्रमण सफल भएको भन्दै नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको बताउनुभयो । भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, सञ्चारलगायत क्षेत्रमा फाइदा हुने उहाले बताउनुभयो । बाँस्कोटाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको पनि बताउनुभयो । सरकार शक्ति राष्ट्रका राष्ट्र प्रमुखलाई नेपाल भ्रमणमा ल्याउन इच्छुक र प्रयासरत रहेको बताए पनि उहाले भ्रमणको समयबारे भने खुलाउन नसकिने बताउनुभयो । सीको भ्रमणका क्रममा भएको २० बुँदे समझदारीले नेपाल र चीनबीच राजनीतिक सम्बन्ध, विकास सम्बन्धलगायतका सम्बन्धहरु बलियो बनेको बाँस्कोटाको भनाइ थियो । प्रवक्ता बाँस्कोटाले सरकारी जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छानविन समितिको म्याद आगामी मंसिर २८ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको कार्यकारी अधिकृत नियुक्तिका लागि उपयुक्त उमेदवार सिफारिस गर्न गठित सिफारिस समितिको म्याद पनि थप गरिएको उहाले बताउनुभयो । कार्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल बंगलादेश वणिज्य महाचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नबराज ढकालको नेतृत्वमा १४ सदस्यीय वार्ता टोली गठन गरिएको उहाले बताउनुभयो । बैठकले नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामरा संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई सीमति दिएको छ ।

About googlepokhara