काठमाण्डौ, २८ माघ ।
शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको विरोधमा सरकारी चिकित्सक संघ (गोदान)ले सोमबार काठमाडौमा प्रदर्शन गरेका छन् ।
उनीहरुले सोमबार १० बजे वीर अस्पतालमा जम्मा भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्म प्रदर्शन सहितको र्याली निकालेका हुन् । आइतबार मन्त्रालय परिसरमा धर्नामा बसेका चिकित्सकमध्ये २५ जनालाई प्रहरीले गिरफ्तार गरी नेपाल पुलिस क्लव पुरयाएको थियो ।


यद्धपी अपरान्ह ५ बजेपछि उनीहरुलाई छाडेको थियो । यसअघि कर्मचारी समायोजनमा प्रक्रियामा फरक मत राखि आन्दोलनरतमा उत्रिएका सरकारी चिकित्सक संग मन्त्रालयले गत ३० पुसमा सम्झौँता गरेको थियो । अहिले त्यहि सम्झौँता विपरित हुने गरी गतिविधि गरेको भन्दै उनीहरु दवाव मुलक कार्यक्रम अघि सारेका हुन् ।


स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर पुष्पा चौधरीले संघको मागका बारेमा सामान्य प्रशाशन मन्त्रालयलाई जानकारी गराइएको बताउनुभयो । संघले भने आफुहरुसंग यसअघि गरिएको सहमति बिपरित हुनेगरि सरकारले कार्य अघि बढाएको आरोप लगाएका थिए ।
उनीहरुले सरकारले यस्तै रवैया जारी राखे कडा आन्दोलन गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार