भारतको नयाँ नक्सामा नेपालको भूभाग मिचिएको विरोधमा प्रदर्शन गरेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बन्ध अखिल क्रान्तिकारी आवद्ध बिद्यार्थीरुलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंको माइतिघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए । प्रदर्शनका लागि संगठनले बिद्यालय पोशाकमा नै बिद्यार्थीहरु माइतिघर ल्याएको थियो । भारतले कालापानी र लिपुलेकलाई समावेश गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विरोधमा अन्य बिद्यार्थी संगठनले पनि आइतबार काठमाडौमा प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार