Home / समाचार / विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका

विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका

गृहमन्त्री रामबहादुर थापाले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उहाँले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताउनुभएको हो । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उहाँको भनाइ थियो । गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उहाँको भनाइ थियो । सन् १९८९ देखि राष्ट्रसङ्घीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवद्र्धन गर्न दिवस मनाउने निर्णयअनुसार नेपालमा पनि अक्टोबर १३ तारिखमा उक्त दिवस मनाउन शुरु गरिएको हो ।

About googlepokhara