सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन गर्ने विषयमा सरकारले कुनै तयारी नगरेको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि नसोचेको बताए ।
तर नोवेल कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार