पोखरा, १ फागुन ।

नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा टोल टोलमा समुदाय प्रहरि साझेदारी समिति वडा नं १० को आयोजना, वडा प्रहरी कार्यालय राम बजार को सकृयता, वडा नं १० भित्र रहेका टोल बिकास सस्था र महिला तथा आमा समुह तथा प्रतिनिधिहरूको उपस्थित मा समिति गठन गरियो ।

वडा नं १० लाई ४ भेगमा बिभाजन गराई करिब ३ सय जनाको उपस्थिति मा प्रत्येक भेगमा १ जना वडा सदस्य संयोजक रहने ब्यबस्था मिलाई सबै संघसस्था टोल बिकास सस्था र महिला र आमा समुह समेटि १६ र १६ जनाको समिति गठन गरि टोलटोलमा भएका समस्या टोलमै समाधान गराउन टोल स्तरिय समुदाय प्रहरि साझेदारी समिति गठन गरियो ।

टोल टोलमा समुदाय प्रहरि साझेदारी समिति गठन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राज कुमार गुरूङ्ग को प्रमुख अतिथि मा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गुरूङ्गले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गर्नु हुदै टोल टोलमा बिना बर्दिका प्रहरि बनि टोलको समस्या टोलमै समाधान गर्ने उदेश्यले स्थापना गरेको यो समितिलाई टोलको समस्या समाधान गर्न कुनै समस्या आए वडा र वडा प्रहरि कार्यक्रम राम बजार हर समय सहयोग गर्न तत्पर रहेको बताउनु हुदै सम्पुर्ण निर्बा्चितहरू लाई बधाई एवं शुभकामना दिनुभयो ।

वडा प्रहरी कार्यालय राम बजारका प्रहरि सहायक निरीक्षक एवं समितिका सदस्य सचिव जीवन गुरूङ्ग ले नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा टोल टोलमा समुदाय प्रहरि साझेदारी समिति गठन गरि टोल को समस्या टोलमै समाधान गराउन प्रहरि सरह बिनाबर्दिका प्रहरि भै टोल टोल को सेवामा सेवात्मक भाबनाले काम गर्न आग्रह गर्नुहुदै हाल नेपालको जनसंख्या र प्रहरि फोर्सको तथ्याङ्क अनुसार १ प्रहरि बराबर ८ सय देखि १ हजार जना सम्मलाई सुरक्षा दिनुपर्ने र यो सम्भव हुनैनसक्ने र गर्नै नसकिने भएको हुदा टोट टोलमा सामुदाय प्रहरि साझेदारी समिति गठन गर्ने कार्यक्रम ल्याईएको बताउनु हुदै समुदाय प्रहरि सामुदायिक प्रहरी धेरै फरक हुन्छ जस्तै समुदाय भनेको कार्यक्रम हो यो निरन्तर संचालन हुन्छ भने सामुदायिक प्रहरी भनेको यूनिटी हो सामुदायिक प्रहरि सबैठाउमा राख्न सकिन्न तर समुदाय सबै ठाउमा राख्न मिल्छ भन्नुहुँदै समुदाय प्रहरिले प्रहरिको काममा सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा सहभागीहरूले उत्साह हुदै टोल समुदाय प्रहरिको बिषयमा चासो देखाएको उक्त कार्यक्रममा सहभागीको तर्फबाट लाल काजी गुरूङ्ग, सुशिला श्रेष्ठ, शान्ति सुबेदी, सूर्य बहादुर बानिया, गोमा रायमाझी, यक बहादुर केसी, कल्पना बम्जन, वडा सदस्य प्रतिभा वि.क.पोखरेल र अन्जना घिमिरे लगायतका बक्ताहरुले आ आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।

उक्त समिति गठन कार्यक्रममा वडा सदस्य दिपक बहादुर थापाले स्वागत गरेको उक्त कार्यक्रम वडा सदस्य एवं वडा स्तरिय समुदाय प्रहरि साझेदारी कार्यक्रमका संयोजक निशा मल्ल ठकुरिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सदस्य सम्मर बहादुर श्रेष्ठले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार