लमजुङमा ३ सुरक्षाकर्मी सहित गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा लमजुङका ८ जना र गोरखका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा नवलपुरका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । बेसिशहरमा तिन जना प्रहरी र १ बैकमा काम गर्ने महिलामा कोरोना देखिएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार