Home / समाचार / रोयल सहकारी संस्था लिमिटेडको १८ बार्षिक साधारणसभा सम्पन्न

रोयल सहकारी संस्था लिमिटेडको १८ बार्षिक साधारणसभा सम्पन्न

पोखराको सशक्त सहकारी रोयल सहकारी संस्था लिमिटेडको १८ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको पोखरा प्रदर्शनी केन्द्रमा साधारण सभा भएको हो । सभारणसभाको नेपाल बचत तथा ऋण सहकारी संघ लि.(नेफस्कून)का पूर्व अध्यक्ष एवं एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले रोयल सहकारी सस्था देशमै पहिलो÷दोस्रोमा गनिने सहकारी सस्था रहेको बताए । उक्त अवसरमा उनले अहिले बचत गर्ने बानी बनाइराखे भविश्यमा समस्या नपर्ने भन्दै सहकारीका सदस्यहरुलाई बचत गर्दाका फाईदाका बारेमा जानकारी दिए । सहकारीका सदस्य संस्थाप्रति प्रतिवद्ध हुनुपर्ने र कारोबार गर्दा आफू आवद्ध संस्थाबाट बढिभन्दा बढि कारोबार गर्नुपर्नेमा उनको जोड थियो । रोयल राष्ट्रिय सहकारी पुरस्कारबाट सहकारी अभियन्ता ऋषिराज घेमिरे र गण्डकी प्रदेशस्तरीय सहकारी पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदी सम्मानित भएका छन् । रोयलले आफ्ना उत्कृष्ट कर्मचारी तर्फ सन्तोष पौडेल, सपरीवेक्षक पाँचौंलाई १५ हजार रुपैयाँ सहित दोसल्ला र प्रमाम पत्र सहित सम्मान गरेको छ । रोयल प्रतिभा पुरस्कारबाट सेयर सदस्य विक्रमप्रसाद पौडेल, सहकारीको उत्कृष्ट सदस्यको रुपमा श्यामु थापा र झमानसिं थापालाई ११ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । उत्कृष्ट केन्द्रका रुपमा मिलेनियम केन्द्र, घाचोक केन्द्र र जमुना रोयल केन्द्र परिस्कृत भए । बाल कर्मचारी सौभाग्य भले पनि उक्त अवसरमा सम्मानित भए । संरक्षित पँुजी फिर्ता कोष अन्तर्गत २८ जना सदस्य पनि सो अवसरमा सम्मानित भएका छन् । रोयल सहकारी संस्थाले ६ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सहकारीले आफ्नो स्थापनाको १८ वर्षमा आईपुग्दा उक्त नाफा गर्न सफल भएको हो ।

About googlepokhara