Home / समाचार / मुलुकको बिकास र समृद्धिका लागी गैर आवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ

मुलुकको बिकास र समृद्धिका लागी गैर आवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुकको बिकास र समृद्धिका लागी गैर आवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौमा एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुलाई गरेको स्वागत कार्यक्रममा अध्यक्ष पन्तले सुखी नेपाली समृद्ध नेपालको सरकारको नारा साकार पार्न र मुलुकको बिकास र समृद्धिका लागी आफ्नो पहल हुने पनि बताउनुभयो । उहाले नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिवद्धता पनि दोहोर्याउनुभयो । पन्तले नेपालमा च्यारिटी, महिला उद्यमशिलता लगाएतको क्षेत्रमा गैर आवासीय नेपालीको सहभागीता बढाउदै लैजाने जिकिर गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले एनआरएनएसँग नेपाल सरकारको ठूलो आशा र अपेक्षा रहेको उल्लेख गर्दै आफुहरुले त्यसलाई पूरा गर्ने बताएका थिए ।

About googlepokhara