काठमाण्डौ, वैशाख ।
नेपाल ह्विचियर क्रिकेट संघको आयोजनामा बुधबारदेखि कीर्तिपुर मैदानमा ह्विलचियर एशिया कप हुने भएको छ ।
संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नेपालसहित भारत, पाकिस्तान, तथा बंगलादेशका राष्ट्रिय टिम विच हुने प्रतियोगिता हुने जनाएको हो । जेठ चार गतेसम्म चल्नेछ । प्रतियोगिताका लागि सबै टिमहरु काठमाडौं आइसकेका छन ।

एक करोड भन्दा बढि बजेटको अनुमानित खर्च रहेको प्रतियोगिता टी–२० फरम्याटमा हुने संघले जनाएको छ । संघले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने आश्वासन दिएको संघले जनाएको छ ।

युवा संघ पत्रकार सम्मेलन समाचार |
सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालले २९ औं युवा संघ स्थापना दिवसलाई भव्य कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे युवा संघले भोली अर्थात जेष्ठ १ गते मनाइने स्थापना दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
स्थापना दिवस मुलुकभर नै भव्य रुपमा मनाउने र काठमाडौमा भने नेकपा अध्यक्ष पुष्प कमल दाहाल सहित नेकपाका शिर्ष नेताहरुको सहभागीतामा दिवस मनाउने युवा संघले जनाएको छ । सांगठनिक एकिकरण नटुङगिएका कारण कार्यक्रमको आयोजना युवा संघ नेपालले गर्ने भए पनी सबै कार्यक्रममा वाइसिएल नेपालको पनि सहभागिता रहने बताएको छ । पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष रमेश पौडेलले स्थापना दिवस युवा अधिकारको लड्ने दिन भएको भन्दै सहभागी हुन आह्वान गर्नुभयो ।
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन संगठनले स्थापना दिवश सँगसँगै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार