कास्की : मृत अवस्थामा फेला

मिति २०७५।१२।२४ गते पोखरा महानरपालिका-३१ बेगनास डुंगाघाट स्थित हालसम्म नाम,थर ,वतन नखुलेको अन्दाजी ४०/४२ बर्षको जस्तो देखिने पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

मुस्ताङ : मृत अवस्थामा फेला

मिति २०७५।१२।२४ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ ताक्लिङ स्थित हाल नाम,थर ,वतन नखुलेको अन्दाजी वर्ष ३५/४० को पुरुष ब्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

लमजुङ  : सवारी दुर्घटनामा १ जना घाइते

मिति २०७५।१२।२४ गते बेशिसहर नगरपालिका-१ उदिपुर स्थितमा बेशिसहरबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना५ख ४३६२ नं.को बसले पैदलयात्री सोहि स्थानका वर्ष ३६ को बिकास लामालाई ठक्कर दिई घाइते भएकोमा उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेशिसहर लमजुङ पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार