Home / खेलकुद / पोखरा रंगशालाको फुटबल मैदान मंसिर १५ मा तयार हुन्छ : सिलवाल

पोखरा रंगशालाको फुटबल मैदान मंसिर १५ मा तयार हुन्छ : सिलवाल

आसन्न १३ औ संस्करणको दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने भनिएका पूर्व निर्धारित खेलहरु तोकिएकै मिति र स्थानमा गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले बताउनुभएको छ । पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले भौतिक संरचनाहरु निर्माणको कार्य धमाधम भैरहेको भन्दै पोखरामा खेलहरु हुदैनन् कि भन्ने आशंकाहरु नपाल्न पाखरेलीहरुलाई आश्वस्त पार्नुभयो । उहाँका अनुसार डिसेम्बर १ देखी हुने १३ औँ सागका खेलहरु काठमाण्डौ र पोखरा सहित तिन स्थानमा हुनेछ । आगामी मंसिर १५ गते सम्म पोखरा रंगशालाको फुटबल मैदान पुर्ण रुपमा तयार हुने उहाँले दावि गर्नुभयो । यस्तै नेपाल ओलम्पिक कमितिका अध्यक्ष जिवनराम श्रेष्ठले साग गेमलाई व्यवस्थित ढंगले सम्पन्न गर्ने गरि तयारी गरिएको बताउनुभयो । आयोजक राष्ट्रका हैसियतले नेपालले आफ्नो तर्फबाट राम्रो गर्ने बताउनुभयो । अहिले फुटबल मैदानमा दुवो लगाउने काम भैरहेको छ । पुरै मैदानमा लगाईएको दुवो मध्ये अधिकांस दुवो मरेका कारण पुनः लगाउनु परेको निर्माण कम्पनिले बताएको छ । सिभिल तर्फको सम्पुर्ण काम पुर्व प्रतिवद्धता अनुसार तोकिए कै समयमा नै सम्पन्न गर्ने गरि कार्य भैरहेको कम्पनिले जनाएको हो ।

About googlepokhara