पोखरा महानगरपालिकामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा ११ जनालाई कोरोना पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नं. १६ का २ जना महिला र २ जना पुरुष, वडा नं २ का १ जना पुरुष, ११ का १ जना महिला, वडा नं. १४ का २ जना पुरुष र वडा नं. ३,१ र ५ का १–१ जना पुरुषमा कोरोना देखिएको हो ।
उनिहरु बैक, कन्सल्टेन्सी र मोवाईल पसल संचालक रहेका छन् भने केही कन्ट्याक ट्रेसिङबाट पत्ता लागेका हुन् ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार