पोखरा महानगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं. ५ का २ जना र वडा नं. १७ र ३० का १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ का ११ वर्षीय बालक र एक जना पुरुष तथा २ जना महिलाहरु रहेका छन् । उता तनहुँको बन्दिपुरका २ जना पुरुष र बाग्लुङ नगरपालिका वडा नं. ३ र ४ का १ महिला र १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पिसिआर परिक्षणमा ३ जिल्लाका थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार