Home / खेलकुद / पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड सुरु हुदै

पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड सुरु हुदै

पोखरामा आज अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुदैछ । उक्त दौडमा करिब १ सय ५ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । यस्तो प्रकारको दौड चीनको कुनमिङ शहरमा आयोजना हुदै आएको भएपनि नेपालमा पहिलो पटक आयोजना गरिएको हो । यो पहिलो पटक भएकाले व्यवस्थापन राम्रो गर्न सके आगामी वर्षबाट यस प्रतियोगितालाई चीनियाँ व्यापारीक प्रतिष्ठानले प्रायोजन गर्ने र यसले पोखराको पर्यटनमा महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास आयोजक पश्चिमाञ्चल होटल संघ र पोखरा उद्योग वाणिज्य संघले लिएका छन् । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ पोखरा र चीनको माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङको आयोजना, पोखरा र कुनमिङ महानगरपालिकाको संरक्षकत्वमा चीनियाँ पर्यटक प्रवद्र्धन र चीनियाँ शहर कुनमिङ बीचको भगिनी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक विश्वशंकर पालिखेले जानकारी दिनुभयो । पोखराको बाराहिघाट लेकसाईबाट सुरु हुने दौड विभिन्न सात वटा चेकप्वाईन्टहरु पार गर्दै पुनः सोही स्थानमा आएर समापन हुनेछ । दौडमा चिनियाँ धावकहरुको उल्लेख्य सहभागीता रहनेछ ।

About googlepokhara