पोखरा, वैशाख ।
पोेखराको पृथ्बीचोकमा नयाँ संरचना सहित कुन्ती मल संचालनमा आएको छ । पोखराको पुरानो बजार मध्यको एकमा पर्ने उक्त मलमा करिब तीन दशक पछि नयाँ संरचनामा परिमार्जीत हुदै ४० सटरबाट तीन गुणा बृद्धि भइ हालै मल संचालनमा आएको संचालक मध्यका एक विवेक गुरुङले बताए । पोखरा क्षेत्रका उपभोक्ताहरुलाई एउटै छानामुनि नुन देखि सुनसम्म उपलब्ध गराउने उद्धेश्यले आफुहरुले नयाँ संरचनामा निमार्ण गरी लगानी गरेको संचालक गुरुङले जनाए । उनले भने “ पोखराका मलहरु भन्दा हामीले भिन्न प्रकारले बिच भागमा धेरै ठाउँ खाली नै राखेका छौं, जुन विदेशमा व्यपारीक मलको बिच भागमा धेरै स्पेश हुन्छ, हामीसंग प्रयाप्त मात्रमा पार्किङको सेवा रहेको छ । ” करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मलमा गुणस्तरिय र ब्राण्डेडका सामानहरु मलमा ल्याउन व्यपारीहरुलाई आफुहरुले आग्रह गरेको उनले जनाए ।
वेलायतमा विज्नेसमा मास्टर्स गरेका विवेकले करिब ४ बर्ष जसो विदेशमा अध्ययनको साथमा अर्कोको जागिर गरेका आज स्वदेशमा फर्किएसंगै मल सहित आफ्नो डिपाटमेन्टल स्टोर्स र ट्राभल्स समेत संचालन गरेकाछन् । उमेरले २७ बर्ष पुगेका विवेक आफ्नै गाउँ ठाउँमा केही गर्नु पर्छ भनि विदेशबाट फर्किएर आफ्नो बाबुको व्यवसायलाई साथ दिदैछन् । अध्ययनको क्रममा विवेकले बार्षिक २० लाख जसो आम्दानी गरी आफ्नो अध्ययन खर्चको जोहो आफै काम गरेर गरेको उनले जनाए । आफ्नो मलमा अनुभवी व्यपारीकहरु भएकोले मलको प्रबद्र्धन हुने उनले विश्वास लिएकाछन्।
उक्त मलमा हाल १ सय २३ वटा सटरहरु रहेकाछन्। ४० प्रतिशत सटरकहरु अझै खाली रहेको संचालक मध्यका एक निरन्जन बजिमयले बताए । तीन तले पक्की उक्त भवन निमार्ण गर्न करिब १५ करोड लगानी भएको उनले जनाए । अण्डर ग्राउडमा पार्किङको ब्यबस्था गरिएको छ भने पहिलो तलामा चंगा डिपाटमेन्ट स्टोर्स, सुनचाँदी पसल, फेन्सि रेडिमेट, ट्राभल्स लगायतका व्यपारीक प्रतिष्ठानहरु रहेकाछन्। दोश्रो तलमा भने बिग बजार ६ सयमा भाडाँकुडा देखि लक्ता कपडा उपल्बध गराउने बिग बजार, मोवाइल, चस्मा, हेण्डसम पालर रहेकाछन भने तेश्रो तलामा भने हाल खाली रहेको छ । तेश्रो तलामा रेष्टुरेण्ट सहितको अन्य व्यवसायीक प्रतिष्ठानहरु रहने भएको बजिमयले जनाए । शिवशंकर अफ्सेट प्रेसका संचालक समेत रहेका वजिमयले आफ्ना बाबु वसन्तलाल बजिमयले पोखरामा सुरु गरेको अफ्सेट प्रेस सहितको व्यपारी मललाई समय अनुसार व्यवसायीमा परिस्कृति गर्दै अघि बढेका छन्।
बजिमय परिवारले प्रभु गुरुङ परिवारसंगको साझेदारीमा उक्त मल संचालन गरेका हुन्। बजिमय परिवार र गुरुङ परिवारले २०४७ सालमा ४० कोठे पक्की भवन सहितको व्यपारीक मल बनाएका हुन्। सुरुको करिब ५ बर्ष समम व्यपारीक मलले धेरै राम्रो भए पछि त्यस पछि विस्तारै मलमा व्यपार घट्दो रुपमा रहेको उनले जनाए । पोखरामा अझै पनि राम्रो व्यपार गर्नेहरुलाई ठाउँको अभाव भएको महशुस भएर आफुहरुले संयुक्त रुपमा लगानी गरेको बजिमयले जनाए । बसन्तलाल बजिमयबाट छोरा निरन्जनलाई पुस्ता हस्तान्तरण भएको छ भने प्रभु गरुङबाट छोरा युवा व्यवसायी विवेक गुरुङलाई पुस्ता हस्तान्तरण हुदैछ । उक्त मलमा शान्ति सुरक्षाको पुर्ण ग्यारेन्टी भएको बताउदै बजिमयले मलमा सीसी क्यामरा, सरसफाइ, सुरक्षा गार्ड, फायरफाइटिङ लगायतका सेवाहरु रहेको जनाए ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएको भन्दै गम्भीर आपत्ती जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभूति गर्छु भन्ने सरकारले विधेयक ल्याउदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने खालको ल्याएको बताउनुभयो । मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण गराउदै उनले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गर्नुभयो । सरकारले प्रस्तुत नीति तथा कार्यक्रम तथा विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रम नै नमिलेको उहाले बताउनुभयो । उहाले आगामी बजेट बनाउँदा संविधान पढेर मौलिक अधिकार कार्यान्वयन गर्न सहयोग पुग्ने ढङ्गबाट बनाउन माग गर्नुभयो । त्यस्तै कांग्रेसका सांसद प्रदीप गिरीले वृद्धि दर र उच्च समानता तथा सामाजिक न्याय संगसंगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गर्नुभयो । उहाले आर्थिक वृद्धिदर र सामाजिक न्याय मा एउटालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउन सुझाव दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझाव समेट्न सुझाव दिनुभयो । त्यस्तै नेकपाका सांसद सुजिता शाक्यले आगामी बजेटलाई महिलामैत्री बनाउन र सामाजिक सुरक्षालगायतका रकमको सदुपयोगका लागि राष्ट्रिय परिचयपत्र बनाउने कामलाई पनि प्राथमिकता राखिनुपर्नेमा जोड दिनुभयो ।


योपनि समाचार |
नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो काठमाडौंमा हुने भएको छ । एक्स्पो जेठ १ र २ गते काठमाडौंमा हुने नेपाल उद्योग बाणिज्य महासंघले मगलबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे जानकारी गराएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगका ब्राण्डहरुले प्रर्दशन गर्ने मेलामा उच्च व्यवसायिक व्यक्तिहरुको सहभागिता हुनेछ । एक्स्पोमा नेपालमा काम गर्न चाहाने मल्टिनेश्नल कम्पनीहरुले लगानी गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रमबारे जानकारी दिदैं नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालमा जोइन्ट भेन्चरको रुपमा काम गर्न चाहने व्यक्तिहरुका लागि अवसर प्राप्त गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रन्चाइज कम्पनीको संयुक्त आयोजनामा हुने मेलामा २५० जना व्यवसायी, रिटेल, शिक्षा, फुड, बिभरेज, रियल एस्टेट, टेक्नोलोजी लगायतका १ हजार फ्रेन्चाइजका व्यवसायीहरु सहभागी हुनेछन् ।

यो पनि पढ्नुहोस् |

काठमाडौंस्थीत महान्यायाधिवक्ताको कार्यालयभित्र शिशु स्याहार केन्द्र स्थापना भएको छ । मंगलबार उक्त केन्द्रको महान्यायाधिवक्ता अग्नि खरेलले उद्घाटन गर्नुभयो । निजामती कर्मचारीका परिवारका बालबच्चाको रेखदेखका लागि दिवा शिशु स्याहार केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन पछि महान्यायधिवक्ता खरेलले देशभर ३३ सरकारी कार्यालय निर्माण भइरहेको जानकारी दिनुभयो । उहाले हरेक कार्यालयमा सरकारी वकिलका लागी निवासको व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाले बिभिन्न स्थानको कारागारको निरिक्षण भइरहेको बताउनुभयो । यस आर्थिक वर्षमा २४ जिल्लाका ३७ हिरासत कक्ष र १९ वटा कारागार तथा एउटा बाल सुधार गृहको अनुगमन गर्दा सन्तोषजनक नपाइएको उहाले बताउनुभयो । उहाले अनुगमनका क्रममा हिरासत कक्ष र कारागारको क्षमता बिस्तार र स्तर उन्नतिको आवश्यकता देखिएको भन्दै खरेलले यसको जानकारी सम्बन्धित निकायमा गराइएको पनि बताउनुभयो । बिगत ५ वर्षदेखि बढेको सरकारी मुद्दा नयाँ संहितापछि थपिएको र हाल ६५ प्रतिशतले मुद्दामा वृद्धि भएको भन्दै खरेलले सो अनुसारको जनशक्ति आवश्यक रहेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार