पोखरा, १७ फाल्गुन ।
हेलिकोप्टर दुर्घट्नामा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीको शव आज पोखरा ल्याइँदैछ । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिर पोखरा प्रदर्शनी केन्द्रमा १२ बजेदेखि ४ बजेसम्म राखिने छ ।


त्यसअघि विहान ११ बजेसम्म काठमाडौंमा श्रद्धाञ्जलीका लागि राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइसकेका छन् ।
टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली समेमत व्यक्त गरे । राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।
यता बिहीबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ । मन्त्री अधिकारीलाई श्रद्धाञ्जली प्रकट गर्न नेकपाका केन्द्रीय नेताहरु पोखरा आउँदै छन् । ४ घन्टा प्रदर्शनी केन्द्रमा राख्ने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा हुने छ ।
मन्त्रिपरिषदको बैठकले विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई शवयात्रामा भाग लिन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार