काठमाण्डौ, २८ माघ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार पार्टी कार्यालय सानेपा पुगी महरले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । १२ औं महाधिवेशनको म्याद गुज्रेपछि महरले राजीनामा बुझाउनुभएको हो । मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि सहजीकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न दुई महिना समयावधि थप गरेको थियो ।


गत साउनमा महाधिवेशनको समय तोकिए पनि उक्त समय महाधिवेशन हुन सकेन । त्यसपछि पुसको २८, २९ र ३० गतेका लागि तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि पाटीभित्रै महरको राजीनामा मागिएको थियो ।
राजनीनामा दिएपछि महरले नेविसंघलाई बिधानसम्मत ढंगले अघि बढाउनका लागी राजीनामा दिएको बताउनुभयो । आफु नैतिकताका आधारमा राजनीतिक गरेको भन्दै नैतिकताका आधारमा राजीनामा दिएको उहाको भनाइ छ । उहाले अव तत्काल तदर्थ समिति बनाएर छ महिनाभित्र महाधिवेशन हुनुपर्ने बताउनुभयो ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले नेविसंघ पदाधिकारीको राजीनामा आईसकेपछि अव नेविसंघको महाधिवेशनका बारेमा केनिद्रय कार्यसमितिले उचित निर्णय लिने बताउनुभयो । उमेर हदबन्दीका कारण असन्तुष्ट विद्यार्थी नेताहरुले महाधिवेशन बिथोल्ने प्रयास गर्दै आएका थिए ।
राजीनामा बुझाएपछि तदर्थ समिति गठन हुने र त्यसैबाट महाधिवेशन आयोजक समिति गठन हुने बताइएको छ । तदर्थ समिति गठन भएपछि ले ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार