नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै पुनः लकडाउन आह्वान गरिएको छ ।
नुवाकोटमा आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती समेत गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्ला भित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमति प्राप्त साधन बाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्स बाहेक अरु सबै किसिमका सवारी साधन जिल्ला प्रवेशमा रोक लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार