Home / समाचार / नयाँ पुस्तालाई बिज्ञानसंग जोड्नु पर्ने

नयाँ पुस्तालाई बिज्ञानसंग जोड्नु पर्ने

विश्व विज्ञान दिवस आइतबार नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका अवसरमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले ललितपुरमा शान्ति बिकासका लागि विश्व विज्ञान दिवस मनाइएको छ । कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयापुस्तालाई बिज्ञानसंग जोड्नुपर्ने बताउनुभयो । सरकारले प्रविधिमैत्री नीति ल्याउन खोजेको भन्दै उहाले अवको नयाँपुस्तालाई विज्ञानसंग समाज बिकासको बाटोमा जोड्न सकिने जिकिर गर्नुभयो । प्रविधिको गलत प्रयोगलाई नियन्त्रण गर्न पनि चनाखो हुने बेला आएको उहाको भनाई छ । कार्यक्रममा बिज्ञहरुले विज्ञान र प्रविधीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सन २००१देखि युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

About googlepokhara