Home / समाचार / त्रिभुवन शान्तिमा रक्तदान

त्रिभुवन शान्तिमा रक्तदान

पोखरा महानगरपालिका वडा नं ३० मा रहेको श्री त्रिभुवन शान्ती नमुना माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सब तथा स्वर्ण महोत्सवको अवसरमा आयोजित दशौँ कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जगतकल्याण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रायोजनमा सम्पन्न उक्त कार्यक्रम बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गोपिराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा बिद्यालयका प्र अ मित्रलाल सापकोटाले स्वागत मन्तब्य र प्रमुख ब्यक्तित्व पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले शुभकामना मन्तब्य राख्नुभएको थियो भने पहिलो रक्तदाता शान्ता खनाललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा जम्मा ३५ युनिट रगत संकलन भएको सूचना कार्यक्रम संयोजक रामचन्द्र भण्डारीले जानकारी दिनुभएको थियो भने कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक मदन घिमिरेले गर्नुभएको थियो ।

About googlepokhara