जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका अर्का एक युवकको पनि मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको शनिबार बिहान मृत्यु भएको हो ।

तामाङ चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ बजेतिर उपचारका लागि कोशी अस्पताल पु¥याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका जेलर सुवास लामिछाने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार