Home / समाचार / जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर सिंह जस्ता नेता आजको आवश्यकता

जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर सिंह जस्ता नेता आजको आवश्यकता

नागरिक अगुवाहरुले जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंह जस्ता नेता आजको आवश्यकता रहेको बताएका छन् । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ५ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह अध्ययन प्रष्ठिानले आयोजना गरेको लोकतन्त्रवादीहरुको पहिचान, अधिनायकवाद, कुसासन र भ्रष्टाचार विरुद्धको अभियान विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रमका वक्ताहरुले सिंहले राजनीतिमा दिएको योगदान अतुलनिय रहेको भन्दै वर्तमान अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुले सिंहले राजनीतिमा गरेको त्याग, र आत्मसात गरेको बाटोलाई अहिलेका नेताहरुले पनि आत्मसात गरे मात्र मुलुकमा भ्रष्टाचार तथा कुसासनको अन्त्य हुने बताएका हुन । मुलुकमा लोकतन्त्रलाई बलियो बनाउनका लागि अधियानायकवाद तथा सत्तामोहलाई त्याग गर्न नेताहरु तयार हुनुपर्ने सहभागीहरुको भनाई छ ।

About googlepokhara