Home / अन्तर्वार्ता / गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरू

लमजुङ : सवारी दुर्घटनामा १ जना घाइते मिति २०७६।०७।०२ गते अन्दाजी १२:३०बजेको समयमा जिल्ला लमजुङ बेशीशहर नगरपालिका-८ हस्पिटल लाईनबाट सोहो स्थान स्थित नारायणथान तर्फ जाँदै गरेको ग२च ९०११ नं.को स्कार्पियो जिपले ऐ.ऐ. बस्ने वर्ष ५ को अर्पण तामाङलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि बेशीशहर सामुदायिक अस्पतालमा उपचार पठाईएकोमा थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । घटनास्थलमा तत्कलै प्रहरी टोली खटिई चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । कास्की : उपचारको क्रममा मृत्यु मिति २०७६।०७।०२गते अन्दाजी०९:३० बजेको समयमा जिल्ला रोल्पा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपलिका-१४ चाउथे दर्शन टोल स्थित कमल पाण्डेको घरमा डेरा गरि बस्ने वर्ष अन्दाजी ५२\५३ की सपना ओली आफ्नो कोठा भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा १२:२८ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । मनाङ : बिदेशी नागरिकको मृत्यु मिति २०७६।०७।०२ गते अन्दाजी ११:४५ बजेको समयमा जिल्ला मनाङ ङिस्याङ गाउँपालिका-७ टंकीमनाङ स्थित मनाङबाट थ्रोङ्ला पासको लागि ट्रेकिङ गरेको अमेरिकननागरिक पासपोर्ट नं. ६४६०२७४५ वर्ष ६५ को Stephen Vaughn S. Smith हृदयघातको कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ । कास्की : मृत अवस्थामा फेला परेको मिति ०७६।०७।०२ गते ०८:०० बजेको समयमाजिल्ला कास्की पोखरा महनागरपालिका-६ लेकसाईड स्ट्रेट नं. २ स्थितमा रहेको लक्की सेभेन गेष्ट हाउसको २०३ नं. को कोठामा लामो समय देखी एक्लै बस्दै आएका जर्मन नागरिक वर्ष ७६ को KARL HEINJ SCHICKEL आज बिहान अबेर सम्म नउठेकोले होटलको साहुजी गई हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्तE हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ । पर्वत : मृत अवस्थामा फेला परेको मिति २०७६।०७।०२ गते अन्दाजी ०९:१५ बजेको समयमा जिल्ला पर्वत कुश्मा नगरपालिका-१०कालिमाटी स्थित साईकलचोक देखी ठुलिपोखरी जाने भित्री सडक खण्डबाट अन्दाजी ७\८ मिटर तल ऐ.ऐ.९ बस्ने वर्ष ७० को झप्पड बहादुर बि.क. मृत अवस्थामा रहेको भन्ने खबरप्राप्त हुनासाथ तत्कालैप्रहरी टोली खटिई घटना बारे बुझ्दा उक्त व्यक्तीले अत्याधिक मादकपदार्थ सेवन गर्ने खुल्न आएको छ । घटनबाका विषयमा थप अनजसन्धान भईरहेको छ । तनहुँ : सवारी दुर्घटना २ जना घाइते मिति २०७६।०७।०२ गते अन्दाजी०७:०० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका-५ कन्टार स्थित पृथ्बी राजमार्गमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १४ प १८१४ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याईएको छ ।घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ । घाइतेहरु १.मोटरसाईकल चालक जिल्ला धादिङ घर भई हाल पोखरा महानगरपालिका-१६ दिप बस्ने वर्ष २२ को बिक्रम शाक्य,अवस्था सामान्य । २.पछडि सवार जिल्ला तनहुँ ब्यास नगरपालिका-१३ केशबटार घर भई हाल पोखरा महानगरपालिका-१६ दिप बस्ने वर्ष २२ को पुरन थापा , अवस्था मध्यम । लमजुङ : सवारी दुर्घटनामा १ जनाको मृत्यु ‍ मिति २०७६।०७। १ गते राति अन्दाजी २२:३० बजेको समयमा जिल्ला लमजुङ राईनस नगरपालिका-१० पात्लेपानीमा पाउदीबाट राईनस नगरपालिका-१० पात्लेपानी तर्फ जाँदै गरेको ना ५ त ७१८२ नं. को ट्याकटर सडक बाट अन्दाजी १० /१५ मिटर बाटो बाट तल खस्न गई ट्याकटरमा सवार ऐ.ऐ.बस्ने वर्ष ४० को भुते बि.क.भन्ने गोफ्ले कामी घाइते भई स्थानिय कर्मदा अस्पताल सुन्दरबजारमा सामान्य उपचार पश्चात थप उपचारको लागो चितवन मेडिकल पठाईएकोमा चितवनको रामनगरमा बाटोमै मृत्यु भएको भन्ने जानकारी आज २०७६।०७।०२ गते बिहान ०७:०० प्राप्त हुनासाथ ट्याक्टर चालक जिल्ला लमजुङ राईनस नगरपालिका-१० पात्लेपानी बस्ने वर्ष २३ को निर शुभ बि.क.लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । बागलुङ : मृत अवस्थामा फेला मिति २०७६।०६।०७ गते अन्दाजी १९:०० बजेघरबाट हराईरहेकी जिल्ला बागलुङ ढोरपाटन नगरपालिका वडा नं. ०८ सुकुर्दुङबस्ने मानसिक अवस्था ठिक नभई औषधी सेवन गर्दै आइरहेकी भन्ने बुझिएकीवर्ष ६० की बाटुली कमिनी आज मिति २०७६।०७।०२ गते बिहान ऐ.ऐ.स्थित सुकुर्दुङ खोलामा मृत अवस्थामा भेटीएको भन्ने खबरप्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

About googlepokhara