गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ ।
पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । । वर्षातका कारण ठाउँठाउँमा अबरुद्ध भएको सडकमा कतै पहिरो पन्छाउदै त कतै ढुङगा हाल्दै समिति घोप्टेभीर पुगेको हो ।
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा पुगेको टोलीले बेसीशहर चामे सडक अन्नर्गतको बेसीसहर नगरपालिका ७ सहजी नजिकै पुमाखोला, वडा नं ६ खरखरे बेलौती विसौना, मस्र्याङदी गाउँपालिका वडा नं ४ घोप्टेभीर लगायतको ठाउँमा पहिरोले क्षति पु¥याएको सडक खण्डको निरिक्षण गरेको हो ।

घोप्टेभीरमा पहिरोको कारण बेलीव्रीजनै निर्माण गर्नुपर्ने अबस्था सृजना भएको छ ।अनुगमन पश्चात सभापति कोइरालाले छिटो भन्दा छिटो बेलीब्रीज हालेर बाटो सुचारुगर्न डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुखलाई आग्रह गरे ।
डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुख अमित कुमार श्रेष्ठले तत्काल घोप्टेभीरमा बेलीव्रिज निर्माणको लागि काम थाल्ने प्रतिबद्धत्ता जनाए । उनले बेलीव्रिज निर्माणको लागि एक महिना लाग्ने बताए ।
घोप्टेभीरको सडक खण्ड पहिरोले पुरै भाग बगाइदिदा सडक संञ्जाल संग मनाङ सम्पर्कविच्छेद भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार