विपद् पत्रकार सञ्जालको आयोजना तथा बर्नमाउथ विश्वविद्यालय बेलायतको सहकार्यमा पोखरामा कोभिड १९ र यसले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले कोभिड १९ को असर सवै क्षेत्रमा परेको भएपनि त्यसको सवैभन्दा प्रभाव गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकामा परेको बताईन ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोलाले कोरोनाको असर सवैतिर परेकाले सवैलाई संयमित भएर काम गर्न आग्रह गरे ।

पत्रकार सुस्मा पौडेलले कोभिड १९ ले गर्दा संचारमाध्यमहरु बन्द भएको अवस्थाको स्मरण गराउँदै संचारमाध्यम तथा पत्रकारका लागि पनि यो चुनौती रहेको बताईन ।
क्रियाशील पत्रकार महिला ध्ध्व् गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पंगेनीले आम नागरिकसम्म विपद्का समाचार सम्प्रेक्षण गर्नेगरि संजाल गठन भएकोमा खुसी व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार