पोखरा, ०१ फाल्गुन ।
पोखरा महानगरपालिका वडा नं. १६ स्थित कालीखोला सफाई अभियान सुरु गरिएको छ । स्थानिय कालीखोला संरक्षण तथा विकास समितिको सक्रियता र स्थानियहरुको सहभागीतामा उक्त अभियान शुभारम्भ गरिएको समितिका अध्यक्ष दुर्गा प्रसाद आचार्यले जानकारी दिए ।


उनका अनुसार पोखरा उपत्यकामा आउने खानेपानीको मुहान समेत रहेको उक्त खोलालाई निरन्तर सफाई गरि स्वच्छता कायम राख्ने र हरियाली पर्वद्धनसंगै पर्यटन विकासको लक्ष्य समितिले राखेको छ ।


खोलामा मरेका जनावर, छाला, नाली तथा ढलको निकास, प्लाष्टिक, पुराना कपडा, प्याड लागयत दुर्घन्धित अवस्थामा फेला परेका अध्यक्ष आचार्यले बताए । सफाई अभियानमा स्थानियहरुको सक्रिय सहभागीता रहेको थियो ।


समितिले कालीखोलाका शाखा खोलाहरुको समेत सफाई गरि आवास्यक स्थानमा सचेतना बोर्डहरु समेत राख्ने जनाएको छ । खोलाको दुवै छेउमा हरियाली पर्वद्धनका साथै फोहोर व्यवस्थापन र स्थानिय माछाहरुको समेत संरक्षणको लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार