Home / समाचार / कांग्रेसले जितेका स्थानीय तहमा सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको देउवाको आरोप

कांग्रेसले जितेका स्थानीय तहमा सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेका स्थानीय तहमा ओली सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख,गाउँपालिकाका सभापति÷निर्बाचित अध्यक्ष÷उपाध्यक्षका लागि भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले जनताको पक्षमा काम गर्न खोज्ने जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीको प्रतिरोध गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले त्यस्ता कर्मचारीको एक–एक गरेर हिसाब राख्ने पनि चेतावनी दिनुभयो । सभापति देउवाले कम्युनिष्टले जितेका स्थानीय तहमा तिनका कार्यकर्ताले लुट मच्चाएको आरोप समेत लगाउनुभयो । यस्तो बेलामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताका पक्षमा राम्रो काम गरेर उदाहरणीय बन्न उहाले निर्देशन दिनुभयो । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका अक्षमतालाई ढाकछोप गरेर प्रशस्ती गाउनु पर्ने प्रधानमन्त्रीको सोच नै अधिनायकवादी चरित्र भएको बताउनुभयो । प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्म र भावना विपरित सरकारले तल्लो तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो । महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारले संविधानमाथि थिचोमिचो गरेर सर्बसत्ताबाद लाद्न खोजेको भन्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने मूल दायित्व कांग्रेसकै भएको उल्लेख गर्नुभयो । त्यस्तै पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको सरकारले कम्युनिष्ट शासन व्यबस्था भएका मुलुकलाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक मुलुकप्रति भेदभाब गरेको आरोप लगाउनुभयो ।

About googlepokhara