काठमाण्डौ, २५ माघ ।
कर्मचारी समायोजन विधेयक, २०७५’माथि विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको दोश्रो बैठकले उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उक्त बिधेयक पेश गर्नुभएको थियो ।


विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री अधिकारीले समायोजन हुँदा सङ्घमा बढी कर्मचारी हुने र तल कम हुने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
‘कर्मचारी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नु भएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार