काठमाण्डौ, १३ फाल्गुन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निर्यात प्रवद्र्धन गरी मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागी सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विशेष आर्थिक क्षेत्र सम्वन्धी विधेयकमाथि छलफलका क्रममा उहाले औद्योगिक विकासलाई केन्द्रमा राखेर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनतर्फ बिधेयक लक्षित रहेको जानकारी पनि दिनुभयो । विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गरी सञ्चालन गर्न तथा अन्य स्थानमा सञ्चालनमा रहेका उद्योगलाई सो स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने उहाले बताउनुभयो ।


उहाले बिदेशी लगानीलाई आकर्षित गर्ने र निर्यात बढाउने बिषयमा नै सरकारले काम गरिरहेको पनि जानकारी दिनुभयो । उहाले निर्यालमुलक बिषयलाई नै जोड दिन बिधेयक केन्द्रित रहेको भन्दै बिधेयकलाई समयानुकुल बनाउनुपर्ने पनि बताउनुभयो
बैठकमा समिति सदस्यहरुले बिधयेकलाई समयसापेक्ष बनाउन केहि बिषयलाई संशोधन गर्नुपर्ने धारणा राखेका थिए । विधेयकमा विशेष आर्थिक क्षेत्रभित्र सञ्चालन भएको उद्योगले नेपाल बाहिर निर्यात गरेको वस्तु वा सेवा तथा विशेष आर्थिक क्षेत्रमा सञ्चालन भएको उद्योगलाई बिक्री गरिने कच्चा पदार्थ तथा उत्पादित सामानलाई शुन्य दरमा मूल्यअभिवृद्धि कर लागू हुने उल्लेख छ ।
त्यस्तै बिधेयकमा विशेष आर्थिक क्षेत्र बाहिर रहेको कुनै उद्योगले उत्पादन गरेको तयारी मालवस्तु आर्थिक क्षेत्रभित्र रहेको उद्योगलाई बिक्री गरेमा त्यसलाई निर्यात सरह मानेर भन्सार महसुल र अन्य सुविधाका व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार