कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले आज रातिदेखी गुल्मीमा निषेधाज्ञा आह्वान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आज रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार भदौ १२ गते राति १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागु हुनेछ ।
प्रजिअ शर्माले निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, फलफुल, दूध, पानी, औषधि बोक्ने गाडी र एम्बुलेन्स बाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइने छ ।
तरकारी, फलफुल तथा मासु पलस बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । दूग्धजन्य पसल भने बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार