पोखरा, ०५ फाल्गुन ।
आगामी ६९ औँ प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ ।
यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।


प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका बसेको बैठकले यस्तो आह्वान गरेको हो । प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको थियो ।


बैठकमा सचिव गुरुङले प्रजातन्त्र दिवसका महत्वका बारेमा आम नागरिकलाई सुसूचित हुनेगरी समाचार, विचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । त्यस्तै बैठकमा सहभागीहरुले युवावर्गलाई पनि प्रजातन्त्र दिवस मनाउने प्रेरित गर्ने गरि काम गर्नुपर्ने धारणा राखेका थिए ।
यसैविच दिवसका अवसरमा गण्डकी प्रदेशमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका सरोकारवालाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार