Home / समाचार / अम्बिका साँवाको स्मृति ग्रन्थ सार्वजनिक

अम्बिका साँवाको स्मृति ग्रन्थ सार्वजनिक

ताप्लेजुङमा जन्मिएका पूर्वमन्त्री तथा योद्धा अम्बिका साँवाको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । अम्बिका साँवा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेकपाका नेता माधव कुमार नेपालले स्मृति ग्रन्थ बिमोचन गर्नुभएको हो । बिमोचन कार्यक्रममा नेता नेपालले नेता र कार्यकर्ताहरु जनताप्रति समर्पीत हुनुपर्ने बताउनुभयो । उहाले अहिले केही निराशाका कुरा आएपनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाले परिवर्तनलाई संस्थागत गर्न समाजका महत्वपूर्ण योद्धाहरुको प्रेरणा लिनुपर्ने जिकिर गर्नुभयो । ताप्लेजुङको खोक्लिङमा १९९३ साल चैत्रमा जन्मिएका साँवा २०४७ सालमा बन तथा जनसंख्या मन्त्री हुनुभएको थियो । साँवा जिल्ला पञ्चायत सदस्य पछि २०२२ सालमा जिल्ला पञ्चायत सभापति र २०४६ पछि दुई पछि दुई पटक ताप्लेजुङ क्षेत्र नम्बर २ को सांसद हुनुभएको थियो ।

About googlepokhara