Home / खेलकुद / अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि एपिएफलाई

अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि एपिएफलाई

पोखरामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालको तर्फबाट प्रतिनिधित्व गरेको सशस्त्र प्रहरी बलको एपिएफले सहभागी २७ टिमलाई पछिपार्दै उपाधि हात पार्न सफल भएको हो । एपिएफका गणेश ठकुरी, सन्तोष विक्रम बिष्ट र इन्द्रकला नेम्वाङको टोलीले निर्धारित दुरी ४२.२ किलोमिटरको दौड ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पुरा गरी मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन् । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दुरी ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा पार गरी गुरीला टिम रुकुम दोश्रो भएको छ । उक्त टिममा एभरेष्ट म्याराथनका विजेता दुर्गाराज बुढामगर, भेट्रान्स खेलाडी दामोदर बुढामगर र हङकङमा सामुहिक एक सय किलोमिटर दौडमा दोश्रो भएकी रसिला तामाङ रहेकी थिइन् । प्रतियोगीतामा चिनको टोलि तेस्रो भएको छ । एकल दौडमा भने पहिलो, दोस्रो र तेस्रो चिनियाँ धावक बनेका छन् । प्रतियोगीता पोखरामा पहिलो पटक पर्यटन प्रवद्र्धनका खातिर गरिएको आयोजक संस्था पोखरा उद्योग वाणीज्य संघ र पश्चिमाञ्चल होटल संघ पोखराले जनाएका छन् ।

About googlepokhara