Home / समाचार / अनेमसंघद्वारा निर्वाचनको लागि विभिन्न उपसमिति गठन

अनेमसंघद्वारा निर्वाचनको लागि विभिन्न उपसमिति गठन

आउँदो मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को उप निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउनका लागि अनेमसंघ कास्कीले सुशीला पराजुली संयोजक र कल्पना पाण्डे सहसंयोजक रहेको निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । अखिल नेपाल महिला संघ कास्की र अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्कीको शनिवार सम्पन संयुक्त बैठकले कास्कीका ७२ वटा वडाका वडाअध्यक्ष, निर्वाचन क्षेत्र नं. २ मा रहेको १ वडाका समितिका सम्पूर्ण सदस्यहरु, क्षेत्रीय संयोजक ३ वटाका ६ प्रदेश सभाका संयोजक लगायत सामाजिक व्यक्तित्वहरु रहेको ४१६ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरेको हो । साथै बैठकले प्रचारप्रसार समितिको व्यवस्थापन गर्नका लागि सचिवालय समिति समेत गठन गरेको छ । सचिवालय समितिमा दुवै संगठनका पदाधिकारीहरु, महानगर अध्यक्ष, सचिव, क्षेत्रीय संयोजक, प्रदेश संयोजक, ११ वटा वडाका वडा अध्यक्षहरु रहने गरी ५६ जनाको परिचालन समिति समेत गठन गरेको छ । अनेमसंघ केन्द्रीय सचिवालय सदसय एवं गण्डकी प्रदेशका सांसद मित्र कुमारी गुरुङको प्रमुख आतिथ्यता एवं अनेमसंघ कास्की अध्यक्ष सुशीला पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, अनेमसंघ केन्द्रीय सदस्य निर्मला सुवेदीको विशेष उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रदेश सांसद प्रभा कोइराला, अनेमसंघ केन्द्रीय सदस्य मञ्जु गुरुङ, अनेमसंघ केन्द्रीय सदस्य गंगा कुँवर, केन्द्रीय सदस्य शशीकला बराल लगायतले निर्वाचनमा नेकपाको उम्मेदवारको विजयका लागि कार्ययोजनाका लागि अघि बढ्नुपर्ने बताए ।

About googlepokhara