Home / समाचार / SCRIPT : / यसकारण काटिए शिवका दुवै खुट्टाहरु : अभावको एउटा जिन्दगी : (भिडियो सहित)

यसकारण काटिए शिवका दुवै खुट्टाहरु : अभावको एउटा जिन्दगी : (भिडियो सहित)

पोखरा, ०२ फाल्गुन । नाम : शिव भुजेल उमेर : एक विसे पाँच अर्थात २५ वर्ष घर : पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी हाल : फेदिखोला गाँउपालिका वडा नं. १ मट्टिखान, स्याङ्जा आमाको नाम : जमुना भुजेल बाबाको नाम : शिवका अनुसार थाहा छैन् (वेपत्ता) अवस्था : बाँयाँ खुट्टा नभएको दायाँ खुट्टाको पञ्जा काटिएको (पुर्ण अपांग) घट्ना विवरण : करिब पाँच वर्ष पहिले भाईथेवा गुरुङले चलाई रहेको ग१ख ९४० नम्बरको मिनि बस मट्टिखानबाट पोखराका लागी झर्दै गर्दा कुभिन्डे भिरपोईन्टमा दुर्घट्नामा परेको । दुर्घट्ना पुर्व चालक गुरुङले गाडिको ब्रेकफेल भएको सुचना सहित सर्तक रहन पनि सुझाएको छ । यात्रुहरुले भरिएको गाडी ब्रेक फेलको सामनाका लागी सुरक्षित स्थानको खोजिमा नालीमा पल्टिन पुग्यो । ढोकामा उभिएर सहयोगी (सहचालक) को काम गरि रहेका शिव नाली भित्र छिर्न पुगे । गाडीले नालीमा एक बल्ढेङ खाई कोल्टे फेर्यो । बडो मुस्किलले उनको ज्यान बच्यो । नालीबाट निस्किए पछि उनले फेरि एक पटक यो संसारलाई आखाँले भ्याउन्जेल हेर्ने मौका पाँए । उनले नयाँ जिवन पाएको अनुभुति पनि गरे । भाग्यवस कुभिन्डे भिरपोईन्ट दुर्घट्नामा कसैले ज्यान गुमाउन परेन् । सामान्य चोटपटक सवैलाई लाग्यो । शिव भन्छन्, गाडीको अवस्था ठिक नभएको जानकारी थियो, बचाउने लाख कोशिस गरिए पनि भिट्टामा नठोक्किए सम्म गाडिको रफ्टार रोकिएन । भाग्यले बचेको एउटा जिवन अहिले शिव भुजेलले विताईरहेका छन् । तर, त्यसपछि नै ओराली लागेको उनको जिवनको गति अहिले अन्तिम अवस्थामा आएर केही थान मुस्कानका किस्साहरुसंग सात्क्षात्कार गरिरहेको छ । दुर्घट्नाको करिब एक महिना पछि उनको दाँया खुट्टामा सामान्य दुखाईसंगै घाउहरु देखिन थाले । त्यो विस्तारै बढ्दै गएपछि उनलाई गाँउलेहरुको सहयोगमा पोखराको नयाँबजार स्थित चरक हस्पिटलमा ल्याईयो । त्यहाँ उनको दायाँ खुट्टाका औलाहरु काटिए । उनको घाउ अझै निको भएन । दिन प्रतिदिन त्यो बढ्दै जाँदा उनको दायाँ खुट्टाको आधा पाउ झर्यो । अहिले त्यो निको भएको जस्तो देखिन्छ । शिव भन्छन्, बाँया खुट्टाको साहारामा मैले जिवन डोहोर्याईरहेको थिए । तर, नियतिले फेरी ठग्यो । मेरो त्यहि बाँकी बायाँ खुट्टामा पनि उस्तै प्रकृतिका खतिराहरु देखिन थाले । मैले दिन दिनै चिलाउने र दुख्ने समस्यासंग जिवनका नियतिहरु निल्न थाले । पछिफेरी मेरो अवस्था र स्थितीका बारे जानकार मनकारी गाँउलेहरुले छाँति फुकाए र मेरो सहयोगार्थ अपिल जारी गरे । समस्या बल्झिदै जाँदा शिवले यसैवर्षको वर्षातको झरिमा बायाँ खुट्टाको घुडाँ भन्दा माथी बाटै गुमाउनु पर्यो । चरकमा दायाँ खुट्टाको पञ्जा गुमाएका शिवले तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (हालको स्वास्थ्य विज्ञान प्रतिष्ठान) गण्डकीमा बाँया खुट्टाको पुरा भाग गुमाए । शारिरिक रुपमा पुर्ण अपांग बनेका उनले अहिले वैषाखीको भरमा जिवनका पानाहरु पल्टाईरहेका छन् । मलाई तिराँैला झै लाग्दैन यि विशाल छाति भएका प्रीय गाँउलेहरुको गुण । जसले जिवनमा फेरी जिउने आशा र भरोशाका किस्साहरु थपिदिए । आमा जमुना भुजेलको पहिलो सन्तानका रुपमा जन्मिएका शिव निकै सरल स्वाभाव र मिलनसार भएको गाँउलेहरु बताउछन् । उनी प्रति कसैको गुनासो छैन् तर, उनको अवस्था माथी चिन्ता चासो र सरोकार राख्नेहरुको लर्को भने निकै छ । उनकी एक बहिनी, उनको विहे भैसक्यो । आमालाई नसाले जितिसकेको छ । अव एकै छिन्, म मेरो तर्क राख्छु । २०७५ माघ २५ शुक्रबारको एक बिहान सुवास जिको साथमा म हिउँदे झरिका बिच मट्टिखानको उकालो उक्लदै शिवको घर तिर लागे । घर पनि नभुनु होला, मामली गाँउतिर लागे । शारिरिक रुपमा पुर्ण अपांग र आर्थीक रुपमा निकै कमजोर शिवका लागी मामा कै बारीमा घर बनाईएको रहेछ । शिवका एक जना सुभचिन्तक र मेरा पुराना साथी हिमलालले उनको अवस्थाका बारे सुनाए पछि हामी झरिले भिजेको चिप्लो हिले बाटोमा जोखिमपुर्ण यात्राका बिच मट्टीखानको धुरि उक्लियौ । मट्टीखानको भ्युटारदेखी केही पर स्याङ्जाली भुगोलको एक छेउमा उनका लागी सिमेन्ट र बालुवाको गाह्रो र जस्ताको छानो भएको १५ वाई १५ को एक कोठे एक तले घर बनाईरहेको रहेछ । घरको एक छेउमा शिव भुजेल निवास लेखिएको प्लेट झुण्डार्ईएको छ । त्यसको ठिक तल रातो रिवनले दुईछेउहरु जोडिएका छन् । आज शिवको घर उद्धघाटन अरे । एक जना छिमेकी बोलिहाले । त्यो पनि वडा अध्यक्षको बाहुलीबाट । भाग्यमानी रहेछन्, ति वडा अध्यक्ष पनि, जसले एक जना नियतिले ठगिएका पिडितलाई घर प्रवेश गराउदै छन् । गाँउलेहरुको अथक प्रयासले शिवको घर बन्यो । पक्की शौचालय, आरामदायी वेड विस्तारा, भुईमा कार्पेट, छेउमै टिभी र किचन पनि…. तरपनि शिवले मुस्कानका कुनै किस्साहरु छोडेनन्, सायद मन भारी थियो होला । आज आकास रोईरहेको छ, हामी भिजिरहेका छौ । शिवको मन जस्तै । जिन्दगी पर्खदा पर्खदा थाकेका उनका नयनहरु एकतमास टोलाई रहेकाछन् । पहिलो पटक सामाजिक संजाल फेसबुकमा उनको अवस्था सहितको फोटो सार्वजनिक भएपछि उनलाई सहयोग आउन थाल्यो । स्थानिय गाँउलेहरुले त्यसको नेतृत्व गरे र गाँउ गाँउमा पुगेर सहयोग संकलन गर्न थाले । गाँउलेहरुको एक एक रुपैयाँ जोडेर लाखौ रुपैयाँ उनको अवस्था बदल्न तयार भयो । विदेशमा पसिना बगाउनेहरुले पनि लाखौ रुपैयाँ गाँस काटेर पठाए । यो रिपोर्ट लेख्दै गर्दा करिब ९ लाख ७७ हजार ४ सय ९६ रुपैयाँ उनको सहयोगार्थ संकलन भएको छ । शिवका लागी घर बनाउदा २ लाख ७० लाख ४ सय ८७ रुपैयाँ खर्च भयो । कक्षा ३ सम्म पढेका उनले यसैवर्ष मात्र नागरीकता प्राप्त गरे । उनलाई स्थानियहरुको सक्रियता र जनप्रतिनिधिहरुको साथले नागरीकता दिलायो । सानैमा बाबु वेपत्ता भएपछि उनी बेखबर जस्तै थिए । हजुरवाको सनाखत पछि जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई नागरीकता प्रदान गरेको रहेछ । गाँउलेहरुका अनुसार उनको पुख्र्यौली सम्पती केही पनि छैन् । वेसाहारा शिव आज पनि जिवनको दोसाँधमा उभिएको एकल यात्री जस्तै देखिन्छन् । गाँउलेहरुको उत्साहले बाँच्ने आशाहरु त थपिए, अलिकति भएपनि आत्मबल त बढ्यो, तर साथ अवको बाँकी जिवन यि बैशाखीहरुले छोड्ने छैनन् । शिवको जिवन आधा भरिदै गर्दा पानी सुकेको घडा जस्तो भएको छ । खैर जिवनमा अझैपनि आशाका दिपहरु निभि सकेका छैनन् । शिव, तिमी शारिरीक रुपमा अशक्त छौ । हामीलाई थाहा छ, तिम्रा पाउका आभाहरु ओईलाई सकेका छन् । तर, पनि मानसिक रुपमा भने असाध्यै सशक्त छौ । तिम्रो घरको धुरी जस्तै मट्टीखानको शिर उक्लेर नियाल, तिम्रै अगाडी पोखरा कसरी विकासको वेगमा बहिरहेको छ । शिर ठड्याएर माछापुच्छ्रेको चुचुरो नियाल, कति कति सम्भावनाका स्वप्नहरुले पुर्ण छ । तसर्थ नियति स्विकार गर, जिवनको स्टेयरिङ घुमाईराख्, प्रत्येक मोडहरुमा तिमीले नयाँ जिवनका स्वादहरु चाखिरहने छौ ।

About googlepokhara