Home / भिडियो : / गणतन्त्र स्थापनाको एक दशक | शहिदका सपना र जनताका चाहाना दुवै अधुरै | भिडियो सहित |

गणतन्त्र स्थापनाको एक दशक | शहिदका सपना र जनताका चाहाना दुवै अधुरै | भिडियो सहित |

पोखरा, जेठ । आज गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा पोखरा प्रभातफेरी कार्यक्रम गरिएको छ । आज भन्दा ११ वर्ष पहिले झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना गरिएको थियो । लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतान्त्रीक शासनतन्त्रमा सैद्धान्तिक रूपले मुलुकको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ । विश्वका धेरैजसो देशहरु गणराज्य छन् । नेपाल पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर, हजारौ सहिदहरुको बलिदानी मार्फत स्थापित गणतन्त्रमा जनअपेक्षा अनुसारका राजनीतिक गतिविधिहरु हुन नसकेका प्रति नागरीक चरम निराशाको शिकार भैरहेका छन् । मुलुकमा अनपेक्षित राजनीतिक संस्कारको विकास भएकामा उनिहरु चिन्तीत छन् । १९ दिन सम्म चलेको २०६२(६३ को जनआन्दोलनका एक सहभागी भोजराज खत्रीले राजनीतिक नेतृत्वमा जनता समक्ष जाहेर गरिएका प्रतिवद्धताको कार्यान्वयन र इमान्दारीताको खाँचो औल्याएका छन् ।

About googlepokhara